युवाहरुको रोजाइ एवं उर्जाशिल युवा बम धामि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीबाट चौरपाटी गाउपालिका अध्यक्ष पदको उम्मेदवार को लागि सिफारिस हुनु भएको छ।
धामीले २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा अछाम जिल्लाको सबै ठाउ पुगि युवाहरुलाई एकीकृत हुनमा महत्त्वपूर्ण भुमिका निर्बाह गरे । त्यस्तै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा युवा, पिछडिएको बर्ग समुदाय, महिला, दलित, अपाङ्ग हरुका हरेक आवश्यकता र समस्या समाधान गर्दै पार्टी र पार्टी सङ्ग जोडिएका सबै समुदायको समस्या सहजिकरण गर्दै आएका थिए ।
२०७४ को निर्वाचन मा पार्टिका निम्ति ज्यानको प्रवाह नगरी आन्दोलन सफल पार्न हरेक चुनौतीको सामना गर्दै अहम भुमिका खेलेका थिए ।
धामी भन्नुहुन्छ, मैले कुरा होइन काम गरेर देखाउने प्रतिबद्धताका साथ उम्मेदवारी घोषणा गरेको हु । मैले जनताका आवश्यकता र समस्या नजिकैबाट नियालेको छु, र समाधानका निम्ति दृढतापुर्बक लागिपर्ने बताएका छन । समान सहभागिता र सुशासनका लागि आफुले जहिले पनि वकालत गर्दै आएको र आगामी दिनमा पनि कसैलाइ अन्याय भएको महसुस हुन नदिने बताउनु भएको छ ।