नेकपा (एकीकृत समाजबादी) पार्टीको बैठकले बुधबार मेयर पदको उम्मेदवारमा ४ जनाको नाम सिफारिस गरेको छ । सुदुरपश्चिममै एकीकृत समाजवादीको भागमा पुनर्वास नगरपालिका पर्ने चर्चा चलिरहदा पुनर्वास नगरपालिकाको प्रमुख पदको प्रसंग धेरैको चासोको बिषय बनेको छ । बुधबार पार्टीले मेयर पदमा ४ जनाको नाम सिफारिस गरेपनि बहालवाला नगरप्रमुख समेत रहेक जीवनराज थापाको चर्चा धेरै छ । मेयर पदमा सिफारिस हुनेहरुमा आरपि साकी, स्थिर प्रसाद घिमिरे, पुर्णा कुमारी गुरुङ र जीवनराज थापा हुन ।