अछाम जिल्ला स्थित बान्निगढी जयगढ गाउँपालिका अध्यक्षका लागि अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष मदन भुल सिफारिस भएका छन ।
नेकपा माओवादी केन्द्र बान्निगढी जयगढ गाउपालिका संगठन कमिटीको बुधबार जयगढमा सम्पन्न भएको बैठकले मदन भुललाइ गाउँपालिकाको अध्यक्ष पदमा सिफारिस गरी प्रदेशमा पठाइएको हो ।
२०५८ सालदेखि विद्यार्थी राजनितिमा सक्रिय रुपमा होमिएका मदन युवा बिध्यार्थी माझ प्रभावशाली नेताको रुपमा चिनिनु हुन्छ। अछाम जिल्ला अध्यक्ष हुँदै सुदुरपश्चिम प्रदेश संयोजक इन्चार्ज केन्द्रिय सचिब हाल देशको प्रमुख विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष रहेका बिद्यार्थी नेता रुपमा चिनिने उनले युवा बिद्यार्थीको हक हितका लागि सधै अग्रपंक्तिमा रहेर सडक तथा पार्टिमा उनले आवाज उठाइदै आईरहेका छन । अछामको बान्निगढी जयगढ गापा ५ कालिकाको सामान्य किसान परिवारमा जन्मेका मदन सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय लिडरसिप स्वभावका निडर,क्षमतावान र प्रभाबशाली युवाको रुपमा अछाम जिल्लामा मात्रै नभएर केन्द्रिय स्तरमै युवा तथा बिध्यार्थी माझ लोकप्रिय युवा नेताको रुपमा चिनिनु हुन्छ। उहा सङ्गै गाउपालिका अध्यक्षका लागि नयन बहादुर शाह र उपाध्यक्षमा महिला नेत्री निर्मला साउदलाई सिफारिस गरि प्रदेश पार्टीमा पठाइएको छ।