साफेबगर-नेकपा (माओवादी केन्द्र )साफेबगर नगरपालिका नगर कमिटीले वडा न.२ जाल्पादेवीको वडा अध्यक्ष पदका लागि सुरत भुलको नाम सिफारिस गरिएको छ ।
नगर कमिटीको बैठकमा वडा अध्यक्ष पदमा आकाङ्क्षा व्यक्त गर्नुभएका उनको व्यक्त जिल्ला समन्वय कमिटीमा सिफारिस गरिएको हो ।
साफेबगर नगरपालिका २ जाल्पादेवीमा समान्य परिवार बाट जन्मेका भुलले त्यहाकै त्रिपूरा सुन्दरी मावि श्रीकोट अछामबाट आफ्नो अध्ययन यात्रा सुरु गर्दै आफ्नो शैक्षिक योग्यता वि एड सम्म पुर्याइ सकेका छन ।
बाल्यकाल देखि नै समाज रुपान्तरणमा चासो राख्दै आउनु भएका उहाँ दलित समुदाय एवं अन्य समुदायको हकहितका लागि सदैव खटिएका ब्यक्ति हुन । नेपालका चार धाम मध्यको एक धाम मानिने अछाम साफेबगर नगरपालिका १ मा पर्ने बैधनाथ मन्दिरमा दलित समुदायलाई प्रवेश निषेध थियो ।
यो परिस्थिति लाई स्वीकार गर्न नसकी आन्दोलनका माध्यम बाट पुजारी र गैर दलित समुदाय संग मुकाबिला गर्दै तार्किक प्रतिस्पर्धाले अछुत भनिने समुदाय लाई मन्दिर प्रवेश गराउने चलनको थालनी , केहि बर्ष अगाडि साफेबगरका होटल ब्यवसायीहरुले दलित समुदायमाथि गर्ने छुवाछूत र अपमानका विरुद्ध उहाँहरुलाइ कानुनको दायरामा ल्यानुका साथै यस बिचलनको न्यूनीकरण गर्नुमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।
विद्यार्थी राजनीति बाट राजनैतिक यात्रा सुरु गरेका उहाँ २०५८ सालमा अनेरास्ववियु क्रान्तिकारी त्रिपूरा सुन्दरी मा वि श्रीकोट अध्यक्ष हुनुहुन्थ्यो ,यश पश्चात निरन्तर पार्टीसंग जोडिदै केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्यको जिम्मेवारी पाइसक्नु भएको छ ।
क्रमश खप्तड पर्यटन बोर्ड सदस्य , २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस संग वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दै हाल (नेकपा माओवादी) केन्द्र क्षेत्र न.१ प्रदेश क संयोजकको जिम्मेवारीमा हुनुहुन्छ ।
त्यसैगरि त्रिपूरा सुन्दरी मावि श्रीकोटको बिधालय ब्यवस्थापन समिति अध्यक्ष पदको जिम्मेवारी लिदै अहिले सम्मकै उत्कृष्ट कार्य गर्न सफल हुनुभएको छ ।
छोटो समयमा विद्यालयको उन्नति प्रगतिका लागि २ करोड बराबरको काम गरि सकेको , अंग्रेजी माध्यम द्वारा नर्सरिदेखी कक्षा ४ सम्म निशुल्क रूपमा अध्ययन गराइने र तत्काल इलेक्ट्रोनिक इन्जिनियरिङ्ग ९- १२ कक्षा सम्म बिभागिय ल्याउन आफु प्रक्रियामा रहेको बताउनु भयो ।
जाल्पादेवी बासिको आवश्यकता अनुसार शिक्षा , स्वास्थ्य र खानेपानी लगायत अन्य क्षेत्रमा पनि निरन्तर काम गरिरहेको र यस कारण पनि यहाँको समुदायले आफु प्रतिको विश्वास, माया , सद्भाव राखेको बताउनु भयो ।