माओवादी केन्द्र साफेबगरमा अध्यक्षका लागि १३ वडा बाट २० जना सिफारिस


पैरवी खबर

सागेबगर – नेकपा (माओवादी केन्द्र ) नगर कमिटी साफेबगरको बैठक सम्पन्न भएको छ ।
बैठकमा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष पदमा आकाङ्क्षा व्यक्त गर्दै सागेबगर नगरपालिका १ बैजनाथ बाट रमेश सुनार, वडा न. २ जाल्पादेवी बाट सुरत भुल र प्रेम बिक, वडा न.३ सिद्धेश्वर बाट नरेन्द्र कुवर, वडा न. ४ मस्टामाण्डौ बाट मान बहादुर ठकुल्ला, वडा न ५ नवाठाना बाट टेक बहादुर बुढा , चक्र चाड , राजेन्द्र ठकुल्ला , केवल बुढा , पुजा बुढा वडा न .६ भागेश्वर बाट सुनिल आउजी , वडा न.७ रिडिकोट बाट ज्ञानेन्द्र ख्वास , वडा न.८ चण्डिका बाट नृप बहादुर कुवर, वडा न.९ बुढाकोट बाट मीन बहादुर कुवर, वडा न.१० घुघुरकोट बाट पुर्ण खड्का , वडा न.११ बाट बिन्द्रा ओड र बज्जिर ओड , वडा न १३ बाट मीन माब्ली मिलन , वडा न . १४ बाट हेमराज खड्का र राधा भुलको नाम जिल्ला समन्वय कमिटीमा सिफारिस गरिएको हो ।

नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्लाको अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटी सदस्य मनोज रावल , टेक बहादुर बुढा, प्रदेश क संयोजक सुरत भुल अनेरास्ववियु प्रदेश कमिटी उपाध्यक्ष बैजन्ती कुवर, जिल्ला उपाध्यक्ष पुजा बुढा, नेता मीन बहादुर कुवर , सुरत भुल लगायत अतिथि रहनुभएको थियो ।
नगर कमिटी कोसाध्यक्ष मिना कुवरले स्वागत मन्तव्य राख्नु भएको बैठकको संचालन युवा नेता नेत्र परियार ले गर्नुभएको थियो ।