साफेबगर नगरपालिकाको मेयर पदका लागि माओवादी बाट चार जना सिफारिस


पैरवी खबर

साफेबगर-नेकपा (माओवादी केन्द्र ) साफेबगर नगरपालिका नगर कमिटीले मेयर पदका लागि चार जनाको नाम सिफारिस गरिएको छ ।
साफेबगर नगर कमिटीको बैठकमा मेयर पदमा आकाङ्क्षा व्यक्त गरेका मनोज रावलको नाम जिल्ला समन्वय कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको हो ।

रावल साफेबगर नगरपालिका ६ भागेश्वरमा जन्मनु भइ महेन्द्र मा.वि बयालपाटा बाट अध्ययन प्रारम्भ गरि हाल उहाँले त्रिभुवन विश्व बिधालय बाट राजनीति शास्त्रमा स्नातकोत्तर गरिसकेका छन ।

उहाँ २०६० सालमा महेन्द्र मावि बयलपाटा अनेरास्ववियु क्रान्तिकारी प्रथम इकाई अध्यक्ष , २०६३ सालको जनता क्याम्पस अनेरास्ववियु क्रान्तिकारीको प्रथम इकाई अध्यक्ष एवं जिल्ला सचिवालय सदस्य ,२०६५ को अनेरास्ववियु क्रान्तिकारी नेवा राज्य कमिटी सिफारिस हुँदै रत्न राज्य लक्ष्मी क्याम्पस विद्यार्थी नेता , २०६७ माओवादी केन्द्र जिल्ला कमिटी अछाम सदस्य तथा ईलाका न.५ संयोजक , जिल्ला सचिवालय सदस्य हुँदै हाल माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं पालिका इन्चार्ज हुनुहुन्छ ।

त्यसै गरि रंग बहादुर ठकुल्ला साफेबगर नगरपालिका ३ सिद्धेश्वर मा जन्मनु भइ प्रभा धम्कोट माध्यमिक विद्यालय बाट अध्ययनको सिलसिला प्रारम्भ गर्दै ब्यचुलर रनिङ सम्म शैक्षिक योग्यता पुर्याउनु भएको छ ।
उहाँ २०६१ सालमा माओवादी केन्द्रमा भुमिगत भइ २०६२ मा ईलाका न.२ सचिव , २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेदवारी घोषणा, गर्दै हाल साफेबगर नगर कमिटी अध्यक्ष हुनुहुन्छ ।

त्यस्तै दिपक कुमार सुनार साफेबगर नगरपालिका २ जाल्पादेवी जन्मनु भइ त्रिपूरा सुन्दरी माध्यमिक विद्यालय श्रीकोट बाट अध्ययनको सिलसिला प्रारम्भ गर्दै सिद्धनाथ मल्टिपल क्याम्पस बाट आइ.ए .आइ कम / बि एड सम्म शैक्षिक योग्यता पुर्याउनु भएका सुनारको राजनिती यात्रा २०५१ सालमा अनेरास्ववियु क्षेत्रीय सचिव हुदै सुरु भएको थियो ।
उहाँ अनेरास्ववियुको १३ औं राष्ट्रिय सम्मेलन बिराटनगरमा प्रबेक्षकको रुपमा पनि सहभागी हुनुहुन्थ्यो ।
२०६० सालमा पार्टीको सदस्यता प्राप्त गर्दै क्षेत्रीय सदस्य , जिल्ला कमिटी सदस्य , नगर कमिटी सचिवालय सदस्य पदको समेत जिम्मेवारी पाइसकेका छ्न ।

त्यसै गरि कमल परियार साफेबगर नगरपालिका ८ चण्डिका जन्मनु भइ बिगत लामो समय देखि ब्यापार व्यवसाय गर्दै आउनुभएको छ ।
उहाँले पार्टी संगठनका लागि विभिन्न समय र परिस्थितिमा आर्थिक तथा भौतिक सहयोग गर्दै आउनु भएको छ र पुर्ब जिल्ला कमिटी सदस्यको पद ग्रहण गर्दै हाल साफेबगर नगर कमिटी सदस्य पदमा आवद्ध हुनुहुन्छ ।