नेपाल उत्पीडित जातीय मुक्ति समाज साफेबगरको प्रथम बैठक सम्पन्न


पैरवी खबर

साफेबगर- नेपाल उत्पीडित जातीय मुक्ति समाज नगर कमिटी साफेबगरको बैठक सम्पन्न भएको छ ।

नगर कमिटी अध्यक्ष नृप बि.क. को अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नेपाल उत्पिडित जातीय मुक्ति समाज केन्द्रिय लेखा आयोग समिति सदस्य सागर सिंह बाब्लि, बिशिस्ट अतिथि केन्द्रिय सदस्य राधिका भुजेल, रहनुभएको थियो ।

बैठकमा ने क पा एमाले जिल्ला कमिटी सदस्य शंकर भुल, चक्र सुनार, सुर्जन नेपाली, नेपाल शिक्षक संगठन जिल्ला कमिटी सदस्य संगीता सुनार, वडा न. ८ का वडा सदस्य छत्रमान ताम्राकार, वडा न. ४ मष्टामाण्डौ वडा सदस्य राजेन्द्र कोलि, नेकपा एमाले नगर सचिवालय सदस्य बिनोद भुल, १० न वडा घुघुरकोट वडा सदस्य शेर बहादुर बि. क. अतिथि रहनुभएको थियो ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा दलित समुदायको प्रमुख पदमा सहभागिताका लागि एकजुट भइ अघि बढ्ने र पार्टी लाई पहिलो स्थानमा ल्याउन र बिजयी गराउन महत्त्वपूर्ण भुमिका खेल्ने , चुनाब केन्द्रित पनि छलफल गरिएको थियो । नगर कमिटी सह सचिब राजेश बि.क. ले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन सचिव जनता रैका ले गर्नुभएको थियो ।