अछाम : सत्ता गठबन्धनले गरेको निर्यण नमान्ने भन्दै नेपाली कांग्रेस अछामका ३ पालिकाका समितिले निर्णय गरेका छन।
बैशाख १ गते नेपाली कांग्रेस रामारोशन कार्यसमितिले गठबन्धन नगर्ने भनेर निर्णय गरेको २ दिन पछि शनिबार नेपाली कांग्रेस चौरपाटी गाउँकार्य समिति र साफेबगर नगर कार्यसमितिले सयुक्त रुपमा बैठक बसि गठबन्धन नगर्ने निर्णय गरेका हुन।
सत्ता गठबन्धनको र्ममलाई आत्मसात गर्द २०७९ साल वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा सत्ता गठबन्धनको केन्द्रीय सयंन्त्रले गरेको निर्णय अनुसार मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) लाई कायम राख्ने भन्ने तर्क अनुसार स्थानिय स्तरको मत सर्वेक्षण लाई आधार मान्दा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजबादी) र नेपाल कम्युनिस्ट पार्टी एकिकृत
माओवादी केन्द्र) को पक्षमा जनमत न्युन भएकोले अछाम जिल्ला साँफेबगर नगरपालीका र चौरपाटी गाउँपालीकामा गठबन्धन नगर्ने पत्रमा उल्लेख गरिएको छ।
मेयर र उपमेयर अध्यक्ष र उपाध्यक्षको पदको सिट नेपाली कांग्रेसको पक्षमा सुरक्षित गर्दै जनमत जनआवाज, जनाधार र नेता, कार्यकर्ताको अभिमतको कदर गर्दै सत्ता गठबन्धनका अन्य दलहरुले आवश्यकता भन्दा बढी गरेका महत्वकांक्षा लाई स्विकार गर्न नसकिने र ठूलो दल नेपाली कांग्रेसले गरेको निर्णय स्विकारेको खण्डमा गठबन्धन कायम राखी अघि बढ्ने र अन्यथा नहुने चौरपाटी गाउँकार्यसमिति सभापति धर्म बहादुर साउद र साफेबगर नगरकार्यसमिती सभापति लाल बहादूर कुँवर बताए ।