(माओवादी केन्द्र )साफेबगरद्वारा नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान


पैरवी खबर

साफेबगर- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर कमिटी साफेबगर अछामको आयोजनामा नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबा बोल्दै : यो नगरपालिकामा माओवादी केन्द्रका नेताहरुले आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने र कम्युनिस्टहरु जहिले पनि निराशावादी नभइ आशावादी हुनुपर्ने नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य तारामान स्वारले बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य मनोज रावलले विशिस्ट अतिथिको आसनबाट बोल्दै : साफेबगर नगरपालिकामा पार्टीको सशक्त उपस्थिति गराउने र चुनावमा सम्भावना भएका वडाहरुमा थप पार्टीका गतिविधि अगाडि बढाउने बताउनु भएको छ । यस्तै बिशिस्ट अतिथिको आसनबाट बोल्दै माओवादी केन्द्र प्रदेश क संयोजक सुरत भुलले बैशाख ३० गते हुने स्थानीय चुनावको दिन युद्धको रणभुमी हुने , यो घडीमा कोहि पनि पछाडि नहट्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेता मीन बहादुर कुवर , सुरत भुल, अनेरास्ववियु प्रदेश उपाध्यक्ष बैजन्ती कुवर ,क्रान्तिकारी शिक्षक संगठन सदस्य कालू सिंह परियार, निता भुल, अनेरास्ववियु अछाम उपाध्यक्ष पूजा बुढा , अनेरास्ववियु मेल्लेखका इन्द्रा अधिकारी , सानपा ८ चण्डिका वडा कमिटी अध्यक्ष नृप कुवर , अखिल निजामती कर्मचारी संगठन (निजामती ) सदस्य गोबिन्द भुल , लगायत अन्य वडा कमिटीका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

नगर कमिटी उपाध्यक्ष प्रेम बिकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन युवा नेता नेत्र परियारले गर्नुभएको थियो ।