साफेबगर- बान्निगढी जयगढ गाउँपालिकामा रहेका भुमिहिन , सुकुम्बासी र अव्यवस्थितहरुको तथ्यांक संकलन कार्य सम्पन्न भएको छ ।
बान्निगढी जयगढ गाउँपालिकाको आयोजना तथा विकास र समाज परिबर्तनका लागि संचार (fmdc) को सहकार्यमा भुमिहिन सुकुम्बासी र अव्यवस्थितहरुको तथ्यांक संकलन कार्य सुरु गरिएको हो ।
तथ्यांक संकलन कार्य सम्पन्न पश्चात् FMDC अछाम जिल्ला संयोजक गणेश तिरुवाले पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई कार्य सम्पन्न प्रतिबेदन पेस गर्नुभएको हो ।
पालिकाको वडा न.१ गाजरामा २० जना , २ न.वडा जनालिकोटमा १६ जना , ३ न.वडा बर्दादेवीमा १६ जना, ४ न.वडा तिमिल्सैनमा ५ जना, ५ न.वडा कालिकामा ७७ जना, ६ न.वडा दर्नामा ४७ जना गरि जम्मा १८१ जना घर परिवारहरु भुमिहिन सुकुम्बासी र अव्यवस्थित रहेका छन ।
पालिकामा रहेका यी घरपरिवारहरुलाई तत्काल लालपुर्जा वितरणका लागि प्रक्रिया अगाडि बढाउने अध्यक्ष खड्काले बताउनुभएको छ ।