नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) कमल बजार नगरपालिकाको प्रथम भेला आज कमलबजारमा सप्पन्न भएको छ ।
कमलबजार नगरपालिकामा आयोजित भेलालाई प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा (एकीकृत समाजबादी ) का केन्द्रिय सदस्य शेरबहादुर कुवरले विधि पद्धति सिद्धान्त र बिचारमा एमालेमा बिचलन आए पछि आफुहरुले बिद्रोह गरि कम्युनिस्ट आन्दोलनलाई पुन :निर्माण गर्ने अभियानमा लागेको बताउदै केन्द्रिय सदस्य कुवरले अछाम जिल्लाको विकास र समृद्धिकालागि समाजवादी पार्टीमा गोलबन्द हुनुपर्ने बताउनु भयो ।
भेलामा बोल्दै केन्द्रिय कमिटी सदस्य अछाम जिल्ला सह इन्चार्ज शंकर भण्डारीले अछाम जिल्लाका आधारभुत तहका जनताका बिच पार्टीको संगठन बिस्तार भएकोले नेता कार्यकर्ताले इमानदारपुर्बक जनताको काम गर्न आग्रह गर्नु भयो ।
कमलबजार नगर कमिटीले आयोजना गरेको भेलामा जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र बिष्ट, उप सचीव नयन स्वडारी ,समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुवर, सचिवालय सदस्य रामराज नाथ ,कमल अधिकारी, तिर्थ ढकाल, बमबहादुर रावल ,प्रभु खनाल, दिपकबहादुर रावल ,दिपक थापा ,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य देबेन्द्र बुढा, जिल्ला कमिटी सदस्य ध्वजबहादुर थापा ,कर्ण बोहरा ,झपट बिक, कमला तिमिल्सेना लगाएतका बक्ताले बोल्नु भएको थियोे ।
कमलबजार नगर कमिटी अध्यक्ष नयाराम थापाको अध्यक्षतामा भएको भेलाको संचालन सचिव भीमबहादुर बिष्टले गर्नुभएको र स्वागत सिताकुमारी थापाले गर्नु भएको थियोे ।
कलाकार रिदम बिसि र कमल बिष्ट लगाएतले भेलाको बिच बिचमा आफ्नो कला प्रस्तुत गरेका थिए ।