फरार प्रतिवादी पक्राउ गर्ने “दबंग” इन्स्पेक्टर सुनारको सरुवा तथा पुरस्कृत


पैरवी खबर

फरार प्रतिवादी पक्राउ गर्ने “दबंग” इन्स्पेक्टर सुनारको सरुवा तथा पुरस्कृत ।

प्रहरी निरीक्षक निराजन बिक्रम सुनारको ईलाका प्रहरी कार्यालय पाताभार , बर्दियामा सरुवा भएको छ । प्रहरीमा सुनारले निडर र अब्बल ´दबगं` अफिसरको पहिचान बनाएका छन। प्रहरी कार्य र शान्ति सुरक्षामा अब्बल मानिने सुनारले बैतडीमा कार्यरत रहँदा विभिन्न मितिमा अपराध गरी फरार रहदै अाएका कर्तब्य ज्यान मद्धाको (९ वर्ष अगाडीको घटना) १ जना, सवारी ज्यानको १ जना , जबरजस्ती करणी १ जना , कुटपिटका ६ जना , खाद्य सम्बन्धीका २ जना लगायत विभिन्न मुद्धा शिर्षकका फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारवाहीमा ल्याएका छन । उक्त कार्यको मुल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीका कार्यालय प्रमुख डि•एस•पी रमेश बहादुर पालबाट पुरस्कृत भएका छन । प्रहरी कार्यमा अब्बल मानिने सुनारले यस अघि टिकापुरमा कार्यरत रहदा पनि गुण्डागर्दी र लागुअौषध नियन्त्रण तथा थुप्रै स्कुल र कलेजहरुमा सामुदायिक-प्रहरी कार्यक्रम व्यापक रुपमा सञ्चालन गरी त्यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न भुमिका खेलेका थिए ।