साफेबगर- अछाम साफेबगर नगरपालिका वडा न. १३ बाब्लाका ६९ वर्षिया गर्दी बटाला गम्भीर घाइते भएका छन ।
घरायसी विवादलाई लिएर उहाँकै छोरा बिरु बटालाले
फलामको रडले आखाको माथी पट्टी हानी घाइते भएका हुन । घाइतेको उपचारका लागि न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल लगिएको र थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।
घाइतेको छोरा बिरु बटाला प्रहरीको नियन्त्रणमा रहेको अस्पतालमा खटिएका प्र.ह.गरिबे थारुले जानकारी दिनुभयो ।