साफेबगर- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )चण्डिकाको वडा भेला सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष नृप बहादुर कुवरको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं अछाम जिल्ला इन्चार्ज झपट साउद प्रमुख अतिथि रहनु भएको थियो ।
सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल,साफेबगर नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्ला , अखिल नेपाल शिक्षक संगठन नेता राम बहादुर भुल , अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष बैजन्ती कुवर , प्रदेश कमिटी सदस्य लक्ष्मण कुवर , साफेबगर नगर कमिटी सचिवालय सदस्य कमल परियार, अनेम संघ नगर कमिटी सचिब रबिना कुवर अतिथि रहनुभएको थियो ।
नेपाली काङ्ग्रेस र नेकपा एमाले परित्याग गरि ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।