साफेबगर – विभिन्न धर्म तथा सास्कृतिक मुल्य र मान्यता बारे स्थानीय सरोकारवालाहरु संग सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
ब्रेड फर द वर्ल्ड को आर्थिक सहयोग , साफेबगर नगरपालिकाको समन्वय र सशक्तिकरणका क्षेत्रमा युवाहरु (एस नेपाल ) शक्तिका लागि अन्तर धार्मिक परियोजनाको आयोजनामा साफेबगरमा सम्पन्न भएको हो ।
साफेबगर नगरपालिका भित्र रहेका विभिन्न धर्म मान्ने धर्महरुको तर्फबाट सहभागिता रहेको थियो ।
हिन्दु धर्मको प्रतिनिधित्व गर्दै कुम्भ प्रसाद उपाध्याय ,
क्रीस्चियनबाट पुर्ण ब ठकुल्ला /सन्तोष शाही , निरंकारी मण्डलका खम्म कुवर , मुस्लिमबाट शम्भु मियाले प्रनिधित्व गर्नु भएको थियो ।
उहाँहरुले आ-आफ्ना धर्मका मुल्य र मान्यताहरु कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो ।
समुदायमा शान्ति स्थापनाका लागि अन्तर धार्मिक सरोकारवालाहरु संग प्रतिबद्धता गर्ने र शान्तिका लागि स्थानीय तहबाट भूमिकाको प्रतिबद्धता कायम राख्ने यस कार्यक्रमको उद्देश्य रहेको छ ।
कार्यक्रममा साफेबगर नगरपालिका वडा न.४ का वडा अध्यक्ष बालगिरी कुवर प्रमुख अतिथि र नागरिक समाजको तर्फबाट झन्कर कुवर अतिथि रहनु भएको थियो ।
कार्यक्रमको सहजीकरण “शान्तिका लागि अन्तर धार्मिक परियोजना “का कार्यक्रम संयोजक गोरख महता , एस नेपालका कार्यवाहक अध्यक्ष ढकेन्द्र कुवरले गर्नुभएको थियो ।