साफेबगर-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) साफेबगर नगर कमिटीको प्रथम भेला सम्पन्न भएको छ ।
भेलाले मिना अधिकारी कुवरको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
जसमा : उपाध्यक्ष ढुन्की भुल,मैना परियार, ज्ञानु बिक, सचिव रबिना कुवर, सह सचिव लोगसरी कुवर, कोसाध्यक्ष किरण परियार , सदस्य अमिता गहतराज लगायत अन्य सदस्यहरु रहेका छन ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) नगर कमिटी अध्यक्ष सरस्वती बुढाको अध्यक्षतामा भएको भेलामा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं अछाम जिल्ला इन्चार्ज झपट साउद प्रमुख अतिथि रहनुभएको थियो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी )केन्द्रिय सदस्य इश्वरी थापा बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा सु. प्रदेश कमिटी सदस्य मनोज रावल ,साफेबगर नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्ला , अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष बैजन्ती कुवर, अखिल क्रान्तिकारी अछाम जिल्ला उपाध्यक्ष पुजा बुढा , नगर कमिटी सदस्य किरण परियार अतिथि रहनुभएको थियो ।
पूजा बुढाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन मिना अधिकारी कुवरले गर्नुभएको थियो ।