साफेबगर – साँफेबगर नगरपालिका वडा न. १२ खप्तडमा नेकपा एमाले वडा कमिटी अध्यक्ष राम ब. रोकायाको अध्यक्षतामा वडा आमसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य सुर्य बि.क. , बिशिस्ट अतिथि नेकपा जिल्ला सल्लाहकार सदस्य श्याम रावल, पुर्ब जिल्ला कमिटी सदस्य अङ्ग कडायत, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी उपाध्यक्ष हस्त बहादुर कडायत अतिथि रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै बिकले यहाको शिक्षा,स्वास्थ्य,भौतिक निर्माण,विभिन्न सीप मुलक कार्यक्रम, महिलाहरुको क्षमता अभिबृद्धिका विभिन्न अभिमुखिकरण, दलित समुदाय भित्र रहेका सिपहरुको आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो ।
वडा कमिटी सदस्य मनिराज रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन कुल ब. रावलले गर्नुभएको थियो ।