साफेबगर – अनाथ असाह्य बालबालिकासंग गाउँपालिका अध्यक्ष शैक्षिक कार्यक्रम बान्निगढी जयगढ गाउँपालिकाको बिन्धेवासिनी मा.वि.दर्नामा सम्पन्न भएको छ ।
बान्निगढी जयगढ गाउँपालिकामा रहेका जम्मा २८ वटा विद्यालयहरु मध्य दर्नामा रहेका ६ वटा विद्यालयहरुमा अध्ययनरत अति बिपन्न बर्गका बालबालिकाहरुलाई झोल , कापी , विद्यालय पोशाक , नगद १ हजार वितरण गरिएको हो। जसमा : रामारोशन आधारभुत विद्यालय पाटेखेतमा अध्ययनरत बालबालिका ४ जना , मन्टेश्वरी आधारभुत विद्यालय धामिगाउमा ४ जना , बालकल्याण आधारभुत विद्यालय काडाकोटमा ६ जना , एश्वर्य मा.वि . मा ११ जना , कालिका आधारभुत विधालय पानीखालमा ३ जना , बिन्धेवासिनी मा.वि.माझेठानामा ३३ जना गरि जम्मा ६१ जना विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको हो । यी ६ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिरहदा २ लाख ५० हजार बराबरको खर्च विवरण आए को छ । यो कार्यक्रम बाकी रहेको विद्यालयहरुमा पनि क्रमिक रुपमा संचालन गरिने छ ।
चुनाबमा आफु विजयी भैसकेपछि जनताहरु समक्ष अनाथ असाह्य बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता पुरागर्न खोजेको पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताउनु भएको छ । पालिकाको सहयोग नभइ उहाले आफुलाई नेपाल सरकारले दिएको सेवा सुबिधाबाट ब्यक्तिगतरुपमा यो कार्यक्रम संचालन गर्नुभएको हो। बिगतमा पनि पालिकामा रहेका विभिन्न किसिमका बिरामी , क्यान्सर पीडित , मृगौला पीडित बिरामीहरुलाई सहयोग गर्दै आउनु भएको छ ।
बिन्धेवासिनी मा.वि. वि .ब्य.स. अध्यक्ष बासु साउदको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मी बिशिस्ट अतिथि , कार्यपालिका सदस्य केशर बिक , गाउँ शिक्षा समिति सदस्य प्रकाश ताम्राकार , पत्रकार महासंघ जिल्ला उपाध्यक्ष गीता कुवर , समाजसेवी , ललित साउद, शेर बहादुर साउद , अतिथि रहनुभएको थियो ।
प्रधानाध्यापक नृप रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक सम्शेर बहादुर सिंहले गर्नुभएको थियो ।