पैरवी सम्बादाता, अछाम् :मेल्लेख गाउँपालिकाको मुस्काना र साफेबगर नगरपालिका ४ सामतडाको बीच जोड्ने बिम्कोटी खोलामा निर्माण भएको झोलुङ्गे पुल को एका तिर पुलको लट्टा फ्ल्याग भत्किदा आवतजावतमा समस्या भएको छ । पुल भत्किदा स्थानीय जोखिम रूपमा आवतजावत गरिरहेका छन ।
बुढिगङ्गा हाइड्रोपावर को सडक बनाउने क्रममा सो पुल भत्किएको हो ।
सो पुल मा आवतजावत गर्ने क्रममा दुई जना पुल बाट खसेर गम्भीर घाइते भएका छन । मेल्लेख गाउँ पालिका ८ हात्तीकोटका कृष्ण साउद चैत १५ गते पुल बाट खसेर कोहलपुर मेडिकल कलेज नेपालगन्ज मा उपचार भइरहेको छ। अहिले उनको स्वास्थ अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले बताएका छन ।
पुल भत्किदा हाइड्रोपावरले चासो दिएको छ न त स्थानीय सरकार ले नै पुल लाई कि मर्मत गरिनु पर्छ या त आवतजावत रोक लगाइनु पर्ने स्थानीय वासी को गुनासो रहेको छ।
बिम्कोटी खोला मा साविक मस्टामान्डौ गाविस र हात्तीकोट गाविस को ५ लाख रुपैयाँको लागतमा २०५६ निर्माण भएको भएको थियो ।
मेल्लेख गाउँपालिकाको र साफेबगर नगरपालिकाको जोड़ने उक्त झोलुङ्गे पुलको शुरुको भाग भत्किंदा सो बाटो भएर आवतजावत गर्न समस्या भएको छ ।