नेकपा (एकिकृत समाजवादीको) साँफेबगर नगर संगठन कमिटीको दोस्रो विस्तारित वैठक साँफेबगरका सम्पन्न भएको छ । नगर संगठन कमिटीका अध्यक्ष मुकेश सुनारको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादीका) केन्द्रिय सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवर रहनुभएको थियो । वैठकलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य कुँवरले अछाममा १० वटै स्थानीय तहमा सम्मानजनक गठबन्ध हुनुपर्नेमा जोड दिनुभएको छ । तर नेपाली कांग्रेसले समाजवादी पार्टीको सहअस्तित्व अस्विकार गरेमा समाजवादी पार्टी १० वटै स्थानीय तहमा एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउको लागि समाजवादी पार्टीको पनि महत्ववूर्ण भूमिका रहेको बताउँदै कुँवरले त्यसको हेक्का राख्न सुझाव दिनुभएको छ । नेकपा एमालेप्रति लक्षित गर्दै कुँवरले यो गठनबन्धन केपी ओलीको राष्ट्रघातको विरुद्ध बनेको धारणा व्यक्त गर्नुभयो । नेकपा एमालेले राप्रपासंग गठबन्धन गरेर हलो चिन्हमा मत हाल्न लगाउने अनि हामीले कांग्रेससँग गठबन्धन गरेर रुखमा भोट हाल्दा कुनै फरक नपर्ने केन्द्रीय सदस्य कुँवरको भनाई रहेको छ । हामीले मात्रै कांग्रेसको रुख चिन्हमा मतदान गर्ने हैन कांग्रेसले पनि समाजवादीको कलममा भोट हाल्छ उहाँले भन्नुभयो । वाईट
वैठकलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवरले संविधानको रक्षा, संसदीय व्यवस्थाका मर्यादा, केपी ओलीको राष्ट्रघातको विरुद्ध विद्रोह भएको बताउनुभएको छ । उहाँले नेकपा एमालेको नेता कार्यकतालाई कम्युनिष्ट पार्टीको माया लाग्ने भए समाजवादी पार्टीले लिएको नीति र विचारमा समाहित हुनको लागि आग्रह गर्नुभयो । एकताका नाममा रोयला नगर्न पनि ईन्चार्ज कुँवरले सुझाव दिनुभयो । वाईट
विस्तारित वैठकले नगर कमिटी अध्यक्ष मुकेश सुनारको अध्यक्षतमा १५१ सदस्सीय चुनाव परिचालन समिति गठन गरेको छ । यस्तै नगरस्तरीय अखिल महिला संघ पनि गठन गरेको छ । मिना सुनारको अध्यक्षतमा १५ सदस्सीय नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्ष भाना लुहार, सचिव सुनिता रावल कुँवर, कोषाध्यक्ष कमला विक चयन भएका छन् । वैठकमा नेकपा समाजवादी पार्टीका केन्द्रय अनुशासन आयोगका सदस्य अमृता खड्का, प्रदेश कमिटी सदस्य शिवबहादुर कुँवर शिलोज, जीतबहादुर नीशानी, जिल्ला कमिटी उपाध्यक्ष विर्मलादेवि वुड्थापा, जिल्ला कमिटी उपसचिव, साँफेबगर संगठन कमिटी ईन्चार्ज हिक्मत कुँवर, समाजवादी वुद्धिजिवी परिषदका प्रदेश सदस्य केशर कुँवर, जिल्ला कमिटी अध्यक्ष मिनबहादुर कुँवर, युवा संघका जिल्ला अध्यक्ष एकेन्द्र कुँवर लगायतले वोल्नुभएको थियो । भेलामा पार्टीका सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । नगर संगठन कमिटी सदस्य हेमराज कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन उपसचिव लक्ष्मण थापाले गर्नुभएको थियो ।