नेकपा (माओवादी केन्द्र )साफेबगर चुनावी रणनीति तयार गर्दै


पैरवी खबर

साफेबगर- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र साफेबगर नगर कमिटीको बैठक सम्पन्न भएको छ ।
बैठकमा आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानीय चुनाबमा लोकतन्त्र संविधान र राष्ट्रियताको लागि बनेको ५ दलिय सरकारको गठबन्धन लाई दिने कुरा घोषणा गरिसकेको हुँदा पार्टीले पनि साफेबगर नगरपालिकाको स्थानीय गठबन्धन लाई समर्थन गर्ने निर्णय गरिएको छ ।
नगर अध्यक्ष रंग ठकुल्लाको अध्यक्षतामा भएको बैठकमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल , प्रदेश क’ संयोजक सुरत भुल , प्रदेश कमिटी सल्लाहकार सदस्य टेक बहादुर बुढा , अखिल क्रान्तिकारी सु. प्रदेश उपाध्यक्ष बैजन्ती कुवर , माओवादी केन्द्रका नेता मीन ब शाह , सुरत भुल , नरेन्द्र कुवर, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष पुजा बुढा , रामारोशन गाउँपालिका प्राबिधिक शाखाका गोबिन्द भुल , लगायत वडा कमिटीका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

बैठकको संचालन नेत्र परियारले गर्नुभएको थियो ।