हातेमालो बहुउद्देश्यीय सहकारीले संस्थाले मनायो ६५ औं सहकारी दिवस


पैरवी खबर

साफेबगर – ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी व्यवसायीकरण का लागिरहेछ अन्तरक्रिया तथा आउदै गरेको नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड साफेबगरको आयोजनामा साफेबगरमा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष सुरत भुलको अध्यक्षतामा भएको कार्यक्रममा साफेबगर नगरपालिका वडा न.४ का अध्यक्ष तथा नगर प्रवक्ता बालगिरी कुवर प्रमुख अतिथि रहनुभएको थियो ।

जिल्ला सहकारी संघ सदस्य पुर्ण बुढा बिशिस्ट अतिथि , नेकपा एकीकृत समाजवादी प्रदेश सदस्य शिलोज कुवर , नेपाली काङ्ग्रेस साफेबगर नगर सभापति लालबहादुर कुवर , नेकपा एमाले नगर अध्यक्ष ललित कुवर, साफेबगर ४ न. वडा सदस्य राजेन्द्र कोली , १३ न.वडा बाब्ला वडा सदस्य हेमा नागरी , जातीय उत्पीडित मुक्ति समाज नगर कमिटी अध्यक्ष नृप बिक ,नगर दलित महिला संघ अध्यक्ष कित्थी टमट्टा लगायत अन्य अतिथि रहनु भएको थियो ।
कार्यक्रमको संचालन सहकारीका प्रबन्धक महेश्वरी बुड्थापाले गर्नुभएको थियो ।