मेल्लेखमा अनेरास्ववियु क्रान्तिकारीका कमिटीहरु गठन


पैरवी खबर

साफेबगर- अखिल क्रान्तिकारीको संगठन बिस्तार अभियान अन्तरगत CTEVT द्वारा सम्बन्धन प्राप्त दुर्गादेवी प्राबिधिक शिक्षालय मेल्लेखमा कमिटी गठन गरिएको छ । कृष्ण बहादुर साउदको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरिएको हो ।
जसमा उपाध्यक्ष , निर्मला भट्टराई , सचिव भुमिका बोहरा , सह सचिव खेमराज बुढा , कोसाध्यक्ष प्रमिला बुढा , सदस्य सानु बिक लगायत अन्य सदस्यहरु रहेका छन ।
यस्तै दुर्गादेवी मा.वि स्तरमा पनि देबेन्द्र साउदको अध्यक्षतामा २६ सदस्यीय कमिटी गठन गरिएको हो ।जसमा उपाध्यक्ष महेश बिक, सचिव अमित साउद, सह सचिव संगीता परियार, कोसाध्यक्ष मदन साउद , सदस्य सुन्तला साउद लगायत अन्य सदस्यहरु रहेका छन ।
संगठन बिस्तारकै क्रममा जनता मा.वि .मेल्लेखमा पनि शिखर रोकायाको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसमा उपाध्यक्ष राजेन्द्र महर, सचिव शिशिर खत्री , सह सचिव एकेन्द्र भुल, कोसाध्यक्ष जनक बिक , सदस्य भिम रोकाया लगायत अन्य सदस्यहरु रहेका छन ।
दुर्गादेवी मा.वि /प्राबिधिक शिक्षालयमा भगवती साउदको अध्यक्षता र जनता मा.वि मा अशोक बिकको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य धुर्ब रावल प्रमुख अतिथि रहनु भएको थियो । अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश सदस्य एवं अछाम जिल्ला उपाध्यक्ष पंकज साउद बिशिस्ट अतिथि , YCL नेपालका सह संयोजक कमल बुढा अतिथि रहनुभएको थियो ।

रबिन्द्र रोकायाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य जगत साउदले गर्नुभएको थियो ।