साफेबगर नगरपालिकामा नगर स्तरीय दलित महिला संजाल गठन


पैरवी खबर

साफेबगर -साफेबगर नगरपालिकामा नगर स्तरीय दलित महिला संजाल गठन गरिएको छ ।
कित्थी टमट्टाको अध्यक्षतामा सदस्यीय संजाल संजाल गठन गरिएको हो । जसमा उपाध्यक्ष सीता नेपाली , सचिव महेश्वरी बिक , सह सचिव पवन तिरुवा, कोसाध्यक्ष किरण परियार , सदस्य चम्फा बिक लगायत अन्य सदस्य रहेका छन ।

नगर स्तरीय दलित संजाल साफेबगरका कोसाध्यक्ष कित्थी टमट्टाको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि कार्यपालिका सदस्य जित बहादुर निशानी प्रमुख अतिथि रहनुभएको थियो ।

४ न.वडा मस्टामाण्डौका वडा सदस्य राजेन्द्र कोलि , १३ न.वडा बाब्लाका वडा सदस्य हेमा नागरी , दलित अधिकारकर्मी कमल ओड RTI प्रदेश सदस्य मनिश बिक ,नगर युवा संजाल सदस्य जनता रैका लगायत अन्य अतिथि रहनुभएको थियो ।

महिला माथि हुने सबै किसिमका विभेद तथा हिंसा अन्त्यका लागि सशक्त रूपमा अगाडि बढ्ने,दलित महिलाहरुका हक अधिकारका निम्ति आवाज उठाउने, नगर भित्रका महिलाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रूपमा अग्रसर गराउने यस संजालको उद्देश्य रहेको छ ।
नगर दलित संजालका सदस्य समुन्द्रा लुहारले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन सचिव नृप बिकले गर्नुभएको थियो ।