चैत, १९ अछाम
नेकपा एकिकृत समाजवादीको मेल्लख गाउँ कमिटीको विस्तारित वैठक सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष गोकुल शाहको अध्यक्षतामा भएको विस्तारित वैठकमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) केन्द्रिय सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवर रहनुभएको थियो । वैठकलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य कुँवरले आगामि स्थानीय तहको निर्वाचनमा जुट्न सवैलाई आग्रह गर्नुभएको छ । चुनाव नजिकिएसंगै पार्टीका गतिविधि निर्वाचन केन्द्रित गर्नको लागि आग्रह गर्नुभयो । उहाँले छोटै समयमा समाजवादी पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै अव सवै शक्ति स्थानीय तहको निर्वाचन केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
समाजवादी पार्टीमा वढ्दै गएको जनलहरका कारण विद्रोहको पुष्टि भएको दावि गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई सहि दिशामा अगाडि बढाउने कार्यभार एकिकृत समाजवादीको रहेको बताउनुभएको छ । केन्द्रीय सदस्य कुँवरले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको दाबी गर्नुभयो। विस्तारित वैठकले तुलि धामीको अध्यक्षतमा २७ सदस्सीय अनेमसंघ गठन गरेको छ ।
यस्तै विस्तारित वैठकले आगामि स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । वैठकमा प्रदेश कमिटी सदस्य शिवबहादुर कुँवर शिलोज, डम्मर नेपाली, लक्ष्मि भट्टराई, जिल्ला कमिटी उपाध्यक्ष विर्मला वुड्थापा, मेल्लेख गाउँ कमिटी ईन्चार्ज नृप साउद, जिल्ला कमिटी सचिवालय सदस्य जयन्ती वोगटी, समिता महर, युवा संघका जिल्ला कमिटी अध्यक्ष एकेन्द्र कुँवर, सहकारी विभागका सुदूरपश्चिम प्रदेश सदस्य सुरत खड्का लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । गाउँपालिका कमिटी उपाध्यक्ष डिला देवि साउदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव टेकबहादुर साउदले गर्नुभएको थियो ।