साफेबगर -अनेरास्ववियु क्रान्तिकारी अछामको संगठन बिस्तार अभियान अन्तरगत चौरपाटी गाउँपालिका ७ मार्कु को शान्ति मा .वि मा अबिसेक बोगटीको अध्यक्ष तामा २५ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसमा उपाध्यक्ष सुमित्रा बोगटी , अमृता बिक ,सचिव निरा बिक , सह सचिव देबकला बिक , कोसाध्यक्ष पुस्पराज भण्डारी लगायत अन्य सदस्य रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष बैजन्ती कुवर ,बिशिस्ट अतिथि अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य मीन बाब्ली मिलन, रहनुभएको थियो ।
अनेरास्ववियु क्रा. अछाम जिल्ला उपाध्यक्ष एवं नगर इन्चार्ज पुजा बुढा , अनेरास्ववियु क्रा. जिल्ला उपाध्यक्ष एवं मेल्लेख गाउँपालिका इन्चार्ज पंकज साउद ,अतिथि रहनुभएको थियो ।
अबिसेक बोगटीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सह सचिव रबिन्द्र साउदले गर्नुभएको थियो ।