साफेबगर: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) मेल्लेख गाउँपालिका वडा ४ कुस्कोटको तेस्रो बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वडा कमिटी उपाध्यक्ष मन बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य एव अछाम जिल्ला सह इन्चार्ज लोक बहादुर बोहरा ज्वाला प्रमुख अतिथि रहनुभएको थियो ।
प्रदेश कमिटी कमिटी सदस्य एव अछाम जिल्ला कमिटी सह इन्चार्ज लोक बहादुर बोहरा अविरल , अर्जुन धामी बिशिस्ट अतिथि रहनुभएको थियो ।
प्रदेश कमिटी सदस्य भिम ब बुढा , ईश्वरी थापा , टन्का बिक , प्रदेश कमिटी निर्वाचन आयोग सदस्य बालाराम उपाध्याय , प्रदेश कमिटी सल्लाहकार सदस्य देब बहादुर साउद, प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य भ्वान सि बोहरा , सरु देवी साउद, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य गम्भीर साउद अतिथि रहनुभएको थियो ।
विद्यार्थी संगठन , महिला संगठन , शिक्षक संगठन , वडा कमिटी ,लगायत विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
निराजन साउदले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालिन सचिव राम बहादुर साउदले गर्नुभएको थियो ।