चैत्र १३ अछाम
नेकपा एकिकृत समाजवादी पार्टी निकट नेपाल वुद्धिजिवि परिषद समाजवादी जिल्ला कमिटी गठन भएको छ । नेपाल वुद्धिजिवि परिषद समाजवादीको भेलाले मिन बहादुर कुँवरको अध्यक्षतामा २६ सदस्सीय वुद्धिजिवि परिषदको गठन गरेको हो । कमिटीको उपाध्यक्ष गंगा खड्का, पार्वति खड्का कुँवर, सचिव पुष्प केसी, कोषाध्यक्ष जवाल सिंह साउद, उपसचिव नवराज न्यौपाने, अम्विका शाही रहनुभएको छ ।
वुद्धिजिवि परिषद समाजवादीको भेलामा वोल्दै नेपाल कम्युनिष्ट पार्टी एकिकृृत समाजवादीका केन्द्रिय सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेर बहादुर कुँवरले वुद्धिजिवि परिषदले नेकपा एमालेबाट समाजवादी पार्टीले विद्रोह गर्नुको औचित्यका वारेमा जनतालाई जानकारी गराउनु पर्नेमा जोड दिनुभयो । यस्तै उहाँले अव पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचिनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
भेलामा केन्द्रिय सदस्य शंकर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृृत समाजवादी)का जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, नेपाल वुद्धिजिवि परिषद समाजवादीका केन्द्रिय सदस्य वाल्मिकी आउजी, प्रदेश कमिटी सदस्य केशर कुँवर लगायतको सहभागिता रहेको थियो ।