मोटरसाइकलको ठक्करबाट साफेबगर एक बृद्ध घाइते


पैरवी खबर

साफेबगर – साफेबगर नगरपालिका ३ झकालेमा मोटरसाइकल दुर्घटना भएको छ ।
२१ वर्षिया खेमराज रेग्मीले चलाइरहेको सु प प्र ०१-००१ झ ०२३७ नम्बरको मोटरसाइकल दुर्घटना बाट पैदल यात्रा गरिरहेका त्यहाँका ७२ वर्षिया चन्द्र कुवर घाइते भएका हुन।
चालकले घाइते कुवर लाई उपचारको लागि धनगढीको माया म्याट्रो अस्पतालमा लगि उपचार गराइरहेका छन ।