साफेबगर – जातीय हिंसा र छुवाछूत विरुद्ध एक हौं , सबै प्रकारका जातीय विभेद अन्त्य गरौं भन्ने मुल नाराका साथ जातीय विभेदका सवालमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम साफेबगर नगरपालिका २ जाल्पादेवीमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा दलित समुदाय माथि हुने विभेद र दलित -दलित बीचको छुवाछूतका बारेमा दलित जनप्रतिनिधि , सबै पार्टीका प्रतिनिधि , दलित अगुवा , दलित अधिकारकर्मी लगायत सर्वसाधारणहरुका बीच अन्तरक्रिया गरिएको हो ।
दलित समुदाय भित्रको जातीय विभेद अन्त्य गर्न सरोकारवालाहरुले जोड दिने र गैर दलितहरुले गर्ने विभेदका विरुद्ध यहाँका सम्पुर्ण दलित समुदाय एक जुटभइ आन्दोलन , दबाबमुलक खालका क्रियाकलाप गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
यसै सवालमा जातीय विभेदका विभिन्न उदाहरण सहित दलित अधिकारकर्मी सेत बहादुर भुलले प्रशिक्षण दिनुभएको थियो ।
समग्ररूपमा दलितका समस्या र सवालमा एकजुट भइ अगाडी बढ्नु पर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन।
कार्यक्रममा जाल्पादेवी भित्रका सफल दलित समुदायका ब्यवसायी, कर्मचारी ,अटो ब्यवसायी र विभिन्न विद्यालयमा अध्ययनर प्रथम विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।
वडा स्तरीय दलित संजालका अध्यक्ष नेत्र परियारको अध्यक्षतामा भएकोे कार्यक्रममा सा न पा १३ बाब्लाका वडाअध्यक्ष सागर सिंह बाब्ली प्रमुख अतिथि रहनु भएकोे थियो ।
अधिकारकर्मी राशिका भुजेल, सुरत भुल, वडा सदस्य तुले भुल, जमुना भुल,सा न पा ७ रिडिकोटका वडा सदस्य एकेन्द्र भुल, नगर स्तरीय दलित संजालका अध्यक्ष सुरत भुल ,नगरका विभिन्न बिधालयका शिक्षक प्रतिनिधि , दलित अधिकारकर्मी , स्थानीय अगुवा लगायत अतिथि रहनुभएको थियो ।
दलित संजालका सदस्य मिना परियारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन कबिन्द्र परियारले गर्नुभएको थियो ।