चौरपाटीमा एक जना महिलाले गरिन आत्महत्या


पैरवी खबर

साफेबगर – अछाममा एक महिलाले आत्महत्या गरेकी छन । जिल्लाको चौरपाटी गाउँपालिका १ आग्रीखोला बस्ने २३ बर्सिया खन्टी साउदले घर भन्दा करिब ७ सय मिटर टाढा रहेको टिमिलोको रुखमा झुण्डीएर आत्महत्या गरेकी हुन ।

झुन्डिएको अवस्थामा श्रीमानले देखि उक्त पाशो काटी लास घरमा ल्याएका छन । मृतकको सहोदर दाइ लालबहादुर साउदले लास घरमा ल्याएको थाहा पाए पछी प्रहरी चौकीमा खबर गरेका छन ।