स्थानीय तह निर्वाचन ; अछाममा कुन दलको अवस्था कस्तो ? 


पैरवी खबर

तपेन्द्र कुँवर, चैत्र १० अछाम
    आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै अछाममामा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । अछाममा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,  नेकपा एकीकृत समाजवादी, पार्टी निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार अछाममा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा देखिन्छन् । अछामका १० वटा स्थानीय तहमा नेपाली कांग्रेसले ५ वटा स्थानीय तह, नेकपा एमालेले ३ वटा र माओवादी केन्द्रले २ वटा स्थानीय तहमा प्रमुखमा जित हात पारेका थिए । त्यस्तै ९१ वटा वडामध्ये नेपाली काँग्रेसले ४८, नेकपा एमालेले ३६ र माओवादी केन्द्रले ७ वटा वडामा विजयी हासिल गरेको थियो । 
    २०७४ मा सम्पन्न निर्वाचनमा साँफेबगर नगरपलिकाका १४ वडामध्ये एमाले ८ र काँग्रेस ६ वडामा विजयी भएका थिए । मेयर पदमा भने एमालेले बाजी मारेको थियो ।  मेयरमा एमालेका उम्मेदवार कुलबहादुर कुँवरले ५ हजार ८ सय ३८ मतका साथ विजयी हुँदा काँग्रेसका ध्वजबहादुर कुँवरले ५ हजार ४ सय १२ मत हासिल गरे भने माओवादी केन्द्रका खगेन्द्र वडले ५ सय ६३ मत ल्याएका थिए । साँफेबगर नगरपालिकामा नेकपा बलियो मानिन्छ । अघिल्लो निर्वाचनमा मंगलसैन नगरपालिकाका १४ वटा वडामध्ये नेपाली कांग्रेसले ९ र नेकपा एमालले ५ वटा वडामा विजयी भएको थियो । तर काँग्रेस र माओवादी केन्द्रको गठबन्धलाई पराजित गर्दै मेयर उपमेयरमा एमालेले बाजी मारेको थियो । मेयरमा एमालेका उम्मेदवार पदम बहादुर वोहरा ४ हजार ६ सय ९१ मतका साथ विजयी हुँदा काँग्रेसका चन्द्र प्रसाद ढंगानाले ४ हजार ५ सय ५३ मत पाएका थिए । 

  २०७४ सालको निर्वाचनमा कमवजार नगरपालिकामा १० वडामध्ये ७ वडामा काँग्रेसका उम्मेवादरले जित हासिल गरेका थिए भने ३ वडामा एमालले जितेको थियो । नगरप्रमुखमा काँग्रेका उम्मेदवार ओमप्रकाश विष्ट ३ हजार ५ सय ८७ मत ल्याएर जित हासिल गर्दा एमालेका दिपक प्रसाद अधिकारीले ३ हजार २ सय ७७ मत ल्याएका थिए ।यस्तै, माओवादी केन्द्रका रणबहादुर विस्टले ४ सय ९१ मत ल्याएका थिए । यस्तै गएको स्थानीय तहको निर्वाचनमा ९ वटा वडा रहेको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेस ९ वडा मध्ये ७ र नेकपा एमालेले २ वडामा जित हासिल गरेको थियो । मेयर उपमेयरमा पनि काँग्रेसका उम्मेदवार विजयी भएका थिए । नगरप्रमुखमा काँग्रेका उम्मेदवार देवराज देवकोटका ३ हजार ५ सय ५५ मत ल्याएर जित हासिल गर्दा एमालेका नन्दबहादुर कडायत ३ हजार ७५ मत ल्याएका थिए ।यस्तै, माओवादी केन्द्रका अक्कल बहादुर रावलले २ हजार ३ सय ९१ मत ल्याएका थिए । 
तुर्माखाँद गाउँपालिकाका ८ वडामध्ये ४ वडामा एमालेका उम्मेवादरले जित हासिल गरेका थिए भने ३ वडामा काँग्रसले  जितेको थियो ।  एक वडामा माओवादी केन्द्र विजयी बनेको थियो । अध्यक्षमा नेपाली काँग्रेसका पुष्पराज शर्मा ३ हजार ६ सय ९१ मत ल्याएर जित हासिल गर्दा एमालेका पदमबहादुर वुढाले ३ हजार ३७ मत ल्याएका थिए । यस्तै, माओवादी केन्द्रका उदय बहादुर विस्टले १ हजार ९ सय ५६ मत ल्याउनु भएको थियो । यस्तै ढकारी गाउँपालिकाका ८ वडामध्ये ५ वडामा कांग्रेसका उम्मेवादरले जित हासिल गरेका थिए भने ३ वडामा एमालेले  जितेको थियो ।  अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर वुढाले ३ हजार ४ सय ५४ मत ल्याएर जित हासिल गर्दा एमालेका नवराज साउदले २ हजार ९ सय ३० मत ल्याएका थिए । यस्तै, माओवादी केन्द्रका तुलाराम साउदले ६ सय ४८ मत ल्याउनु भएको थियो । 

     चौरपाटी गाउँपालिकामा ७ वडामध्ये नेकपा एमालले ४ र नेपाली कांग्रेसले ३ वडा जितको थियो । अध्यक्षमा एमालेका हर्कबहादुर साउदले ३ हजार १ ३८ सय मत ल्याएर जित हासिल गर्दा कांग्रेसका भीमबहादुर साउदले ३ हजार १ सय ३७ मत ल्याएका थिए । यस्तै, माओवादी केन्द्रका रामबहादुर थापाले १ हजार २ सय ६८ मत ल्याउनु भएको थियो । वान्नीगडी जयगढ गाउँपालिकामा ६ वडामध्ये नेपाली कांग्रेसले ४, नेकपा एमाले र माओवादी केन्द्रले १÷१ वडा जितको थियो । अध्यक्षमा काँग्रेस माओवादी केन्द्रको गठनबन्धबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका राजेन्द्र खड्काले २ हजार ७ सय ९३ मत ल्याएर जित हासिल गर्दा एमालेका कमलराज तिमिल्सिनाले २ हजार  ३ हजार १९ मत ल्याएका थिए ।

     यस्तै मेल्लेख गाउँपालिकामा ८ वडामध्ये नेकपा एमाले ४, काँग्रेस र माओवादी केन्द्रले २÷२ वडा जितका थिए । अध्यक्षमा काँग्रेस माओवादी केन्द्रको गठनबन्धबाट उम्मेदवार बनेका माओवादी केन्द्रका लोकबहादुर वोहरा ४ हजार ५ सय ८ मत ल्याएर जित हासिल गर्दा एमालेका डम्मर नेपालीले ३ हजार ९ सय ९२ मत ल्याएका थिए । र  रामारोशन गाउँपालिकामा ७ वडामध्ये नेकपा माओवादी केन्द्र ३ वडा र नेकपा एमाले र काँग्रेसले २÷२ वडा जितका थिए । अध्यक्षमा माओवादी केन्द्र झंकर वहादुर साउद ३ हजार ४ सय ८ मत ल्याएर जित हासिल गर्दा एमालेका चक्रबहादुर रावलले २ हजार ७ सय ३४ मत ल्याएका थिए । नेपाली काँग्रेसका अनुराधा स्वाँर रावललेले २ हजार ५ सय ४७ मत ल्याउनुभएको थियो ।

    अछाममा कम्युनिष्ट पार्टी विभाजित हुँदा त्यसको पत्यक्ष फाईदा नेपाली काँग्रेस पाएको छ । अछाममा नेकपा एमाले र माओवादी केन्द्र पराजित भएका स्थानीय तहमा तीनै कम्युनिष्ट पार्टी मिल्दा आगामि स्थानीय तहको चुनावमा विजय हुने देखिएको छ । आउने चुनावका दुई वटा पार्टीबाट कम्युनिष्ट पार्टी तीन वटा भएपछि काँग्रेसका त्यसको प्रत्यक्ष फाईदा लिने मौका पर्खिरहेको छ । कम्युनिष्ट पार्टीे वहुमतलाई गुम्न नदिनको लागि आन्तरिक प्रयासरत रहेका छन् । पार्टी विभाजन व्यहोरेको एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा त्यसको असर कति पर्ने हो भन्ने प्रस्ट छैन । एमाले विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादीले सबै तहमा कमिटी बनाएर चुनावी तयारी थालेको छ ।

     नेकपा एकीकृत समाजवादीमा एमालेकै पूर्व कार्यकर्ता रहेका कारण पनि सो पार्टीले एमालेकै मत खोस्ने निश्चित छ । यो अवस्थामा एमालेका लागि जित त्यति सहज नहुने आँकलन गरिएको छ । काँग्रेसमा अन्तरघात पनि पुरानै रोगका रुपमा देखिन्छ । एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी जनताबीच परीक्षण हुने तयारीमा छ।