साफेबगर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) साफेबगर नगर संगठन कमिटीको बैठक सम्पन्न भएको छ ।
नगर कमिटी अध्यक्ष रंग ठकुल्लाको अध्यक्षतामा भएको बैठकमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल , माओवादी केन्द्रका नेता सुरत भुल ,
अखिल क्रान्तिकारी विद्यार्थी संगठन केन्द्रिय सदस्य मीन बाब्ली , प्रदेश उपाध्यक्ष बैजन्ती कुवर , लगायत अन्य अतिथि रहनुभएको थियो ।
बैठकमा नगरका १४ ओटै वडाका कमिटी अध्यक्ष तथा पदाधिकारीहरुले पार्टीको बर्तमान अवस्थाबारे आ-आफ्नो वडाको रिपोर्टिङग गर्दै प्रस्तुत गर्नुभएको थियो ।
यही १५ गतेदेखि नगरका सबै वडाहरुमा पार्टीको संगठन बिस्तार कार्य तीब्र गतिमा अगाडी बढाउने , कार्यालय ब्यवस्थापनका लागि पदाधिकारीबाट रु.५००, भात्री संगठनका पदाधिकारीबाट रु. २५० र
नगर सचिवालयका पदाधिकारीबाट रु १०० मासिक लेबि संकलन गर्ने लागायतका निर्णय गरिएका छन
बैठकको संचालन सचिव कबिन्द्र परियारले गर्नुभएको थियो ।