अछाममा भिरबाट लडेर एक महिला घाइते


पैरवी खबर

साफेबगर – अछाममा भिरबाट लडेर एक जना महिला घाइते भएकि छन । तुर्माखाद गाउपालिका १ बस्ने २५ वर्षिया नवरता लम्साल घर नजिकैको बनमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकि हुन ।

घाइते महिलाको टाउको र खुट्टामा चोट लागेको र उपचारकालागि सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएका छन ।