अछाम जेसिजद्वारा स्वागत सहितको परिचयात्मक कार्यक्रम सम्पन्न


पैरवी खबर

रमण भट्ट
अछाम -शाखा भ्रमणको सिलसिलामा अछाम आईपुग्नु भएका नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष जेसी राम प्रसाद पाण्डेलाई अछाम जेसीजले स्वागत सहितको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।अछाम जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सिद्धराज ढुंगानाको अध्यक्षतामा भएको स्वागत सहितको परिचयात्मक कार्यक्रममा नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष राम प्रसाद पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि पाण्डे लाई माला खादा सहितको स्वागत तथा सम्मान गरीएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष पाण्डेले अछाम शाखाले गरेको सम्मान प्रति धन्यवाद व्यक्त गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक लगायत अन्य विभिन्न खालका कठिनाइका वाफजुत पनि शाखाले गरेका र गर्ने केही नमूना योग्य कामको प्रशंसा गर्दै उक्त कामहरूलाई निरन्तरता दिई राख्नुपर्नेमा जोड दिनु भयो ।  उहाँले जेसीजमा आबद्द हुँदा यूवाको व्यक्तित्व र नेतृत्व विकास हुने हुँदा सम्पूर्ण यूवाहरूलाई जेसीजमा गोलबद्द हुन आग्रह समेत गर्नुभएको छ । अछाम शाखाका अध्यक्ष जेसी सिद्धराज ढुंगानाले मायाको चिनो प्रमुख अथिती पाण्डेलाई प्रर्दान गर्नु भएको थियो । मायाको चिनो प्रर्दान गर्दै उहाँले श्रोत साधनको अभाव, भौगोलीक कठिनाई लगायतका अनेकौं समस्याका बावजुत पनि अछाम शाखाले उल्लेखनीय कामहरू गरेको बताउनु भयो । आफ्नो कार्यकाल ऐतिहासिक र उत्कृष्ट बनाउने उद्देश्य अनुरूप अघाडी बढिरहेको पनि उहाँले बताउनु भयो । यूवाहरूलाई उद्यमशिल र व्यावसायिक बनाउनका लागि आफूले विभिन्न खालका तालिमहरूको आयोजना गर्र्दैे जेसीजलाई सहर बजार भन्दा गाउँ केन्द्रित बनाउदै लैजाने बताउनु भयो । कार्यक्रममा  बढ्दो सवारी दुर्घटनाको कमी ल्याउन जिल्लामा ट्राफिक नियम सम्बन्धिका जनचेतनामुलक कार्यक्रमहरू गर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा अछाम जेसीज वर्ष १९ का अध्यक्ष नरेश कुमार शाही, वर्ष २०२० का अध्यक्ष तुलाराम बिसि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा जेसीज आस्था पाठ हरिषचन्द्र रावलले गर्नुभएको थियो । स्वागत मन्तव्य अछाम जेसीज वर्ष २०२२ का कार्यकारी उपाध्यक्ष टेकराज भण्डारीले राख्नुभएको थियो भने सञ्चालन महासचिव हरिषचन्द्र रावलले गर्नुभएको थियो । कार्यक्रममा वर्ष २०२२ का कार्यसमिती पदाधिकारी सहित अन्य सदस्यहरूको उपस्थिति रहेको थियो