चित्रे दोभानमा एक जनाको अस्तु सेलाउने क्रममा डुबेर मृत्यु


पैरवी खबर

साफेबगर – मङगलसेन नगरपालिका ३ लाछिमाना टोल बस्ने २८ वर्षिया केहेरी ढोलिको छोरा मीन बहादुर ढोली चित्रे दोभानको कैलाशखोलामा मलामी गइ अस्तु सेलाउने क्रममा एक्कासि चिप्लिएर नदिमा डुबि मृत्यु भएको छ ।
हिजो ३ गते डुबेर मृत्यु भएका ढोलीको लास प्रहरीले
डुबेकै स्थानबाट फेला पारेका हुन । लासलाई पोस्ट माटमका लागि जिल्ला अस्पताल पठाइएको र पोस्ट मार्टम पश्चात् मृतकका आफन्त लाई लास बुझाइएको छ ।