युवा नेता कुवरद्वारा वृद्धाश्रमका आमाहरुलाई फलफूल वितरण


पैरवी खबर

साफेबगर – बृद्धाश्रमका आमाहरुलाई फलफूल वितरण गरिएको छ । दैनिक जसो हुने फजुल खर्च कटाएर आफ्नो जन्म दिनको अवसरमा बिश्व हिन्दु विद्यार्थी संघका अध्यक्ष एवं नेपाल विद्यार्थी संघका नेता रमेश कुवरले बुढानिलकण्ठ स्थित तपस्थली बृद्धाश्रमका २० जना आमाहरुलाई फलफूल वितरण गर्नुभएको हो ।
अछाम जिल्लाको साफेबगर नगरपालिका ९ बुढाकोट जन्मनुभइ हाल अध्ययन तथा विद्यार्थी राजनीतिको सिलसिलामा काठमाडौ बस्दै आउनु भएका नेता कुवर बिगतमा पनि विभिन्न माध्यमद्वारा ब्यक्तिगत तथा सामुहिक रुपमा अनाथ आश्रम र वृद्धाश्रमहरुमा सहयोग गर्दै आउनु भएको छ ।

उहाँको यो सहयोगी भावना र सकारात्मक कार्यको प्रसङ्सा गर्दै आश्रमका आमाहरुले खुशी व्यक्त गर्दै आशिर्वाद समेत दिनुभएको छ ।

बिगतका दिन हरुमा पनि यस्ता परोपकारी क्रियाकलापहरु गर्दै आएको र आउदा दिनहरूमा पनि सामाजिक सेवा , विभिन्न माध्यमद्वारा दिन दुखी हरुलाई आर्थिक तथा भौतिक सहयोग गर्ने नेता कुवरले बताउनुभयो ।