नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी साफेबगर नगरपालिका ९ बुढाकोटको लुयाटा टोलमा कमिटी गठन गरिएको छ ।
यज्ञ कुवरको अध्यक्षतामा ३० सदस्यीय कमिटी गठन गरिएको हो ।
जस्मा उपाध्यक्ष भजन कुवर , सचिव नृप ओड , उप सचिव अप्सरा बिक , कोषाध्यक्ष भगवती कुवर , सदस्य पशुपति कुवर लगाएत अन्य सदस्य रहेका छन।
कार्यक्रममा एकीकृत समाजाबादी जिल्ला कमिटी सदस्य सुरेश कुवर प्रमुख अतिथि रहनुभएको थियो ।
वडा सल्लाहकार संयोजक शंकर कुवर , वडा कमिटी अध्यक्ष बम बहादुर कुवर , तिलाराज सुवेदी अतिथि रहनुभएको थियो ।
कार्यक्रमको संचालन नृप ओडले गर्नु भएको थियो ।