फागुन २४- लाल बहादुर चदारा
मेल्लेख गाउपालिकाकाे नवाैं गाउँ सभा सम्पन्न भएकाे छ
गाउँ सभामा ६ महिना काे अवधिमा पालिकाले गरेकाे प्रगति विवरण काे सार्वजनिक गरिनु का साथै पालिका ले बैठकमा पारित गरेका विभिन्न कार्यबिधि बारे जानकारी सहित सार्वजनिक गरेकाे थियाे ।
जस्मा यातायात व्यवस्थापन कार्यबिधि २०७८
व्यावसाय दर्ता तथा अभिलेखिकरण कार्यबिधि २०७८ सुचना प्रबिधि केन्द्र व्यवस्थापन कार्यबिधि २०७८
गाउँ प्रहरी संचालन कार्यबिधि २०७८
मेल्लेख पुर्बधार व्यवस्थापन प्रणाली कार्यबिधि २०७८
औद्योगिक ग्राम संचालन कार्यबिधि २०७८ अाधारभुत अस्पताल संचालन कार्यबिधि २०७८ लगायत ८ वटा कार्यबिधि पारित गरेकाे छ ।। मेल्लेख गाउपालिका का अध्यक्ष लाेक बहादुर बाेहरा काे अध्यक्ष्ातामा भएकाे गाउँ सभा सुआरम्भमा ६ महिना काे अबधि मा भएकाे कामकाे सार्वजनिक पछि ।सभा सदस्य हरुले सुझाव तथा जिज्ञासा राखेका थिए । जनप्रतिनिधि ले राखेको जिज्ञासा पछि ।प्रश्नको जवाफ दिदै ।अध्यक्ष बाेहराले मेल्लेख गाउपालिका मा गरेकाे बिकासकाे लागि जनताले नै मुल्यांकन गर्ने बताए ।अावश्यकता काे अाधारमा थुप्रै बजेट काे व्यवस्था गरि काम गरि सकेकाे बताए छन । शिक्षा स्वास्थ्य सडक कृषि पशुपालन लक्षित बर्ग बालबालिका हरुकाे लागि पहिलाे प्राथमिकता मा राखदै अन्य बिकास का ठुला अायाेजना काम केही सम्पन्न भइसकेका र किहि सम्पन्न हुने क्रममा रहेका पनि पनि बताएका छन ।
मेल्लेख गाउपालिका हरेक कृयाकलाप बाट जनता काे इच्छा अाकंक्षा पूरा गरेकाे बताएका छन । अहिले मेल्लेख प्रबेशद्वार देखि मेल्लेख गाउपालिका सम्म सडक कालाेपत्रे काे काम अघि बढिसकेको पनि बताएका छन ।
मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले ६ महिना काे अबधि सम्ममा अर्ध बार्षिक रुपामा भए गरेका काम प्रशासनिक गतिविधि काे विवरण सार्वजनिक गर्नु भएकाे थियाे ।
मेल्लेख गाउपालिका का उपाध्यक्ष धनबहादुर शाहीले अा .ब २०७८ /०७९ अर्धबार्षिक अाय व्याय विबरण प्रस्तुत गरेका थिए उहाले २०७४ देखि २०७८ सम्म संघ प्रदेश तथा अान्तरिकश्राेतबाट गाउपालिकामा बिनियाेजित बजेट ९२ कराेड २४ लाख ८० हजार ८ सय ७९ बराबरको बिनियाेजित बजेट सार्वजनिक गर्नुभएको थियाे । उहाले गाउपालिका मा प्राप्त बजेट काे दायरा बढाउनु का साथै राजश्व बढाउनु पर्ने मा जाेड दिनु भएकाे थियाे । उहाले सामाजिक कुरति का बिरुद्ध थप अभियान संचालन गर्नु पर्ने मा पनि जाेड दिनु भएकाे थियाे । न्यायिक समिति काे काम लाई जिम्मेवारी पुर्वक लैजान सबैले सहयोग गर्नुपर्ने पनि बताएका छन । साथै अनुगमन काे पाटाे पनि प्रभावकारी भएकाे जानकारी गराउनु भएकाे थियाे । गाउसभा मा वडा अध्यक्ष काे तर्फबाट वडा न ७ का वडा अध्यक्ष नर बहादुर साउद , न्यायिक समिति सदस्य वीर बहादुर बाेहरा टंक बुढा कार्यपालिका सदस्य कमलदेबि ताम्राकार तथा गाउँसभा का सदस्य हरुले सुझाव सहित समस्या पनि राखेका थिए । सुचना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउदकाे स्वागत मनतव्य बाट सुरु भएकाे गाउँ सभा काे संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले गर्नु भएकाे थियाे ।