नेकपा एमाले मस्टामाण्डौ आफ्ना गतिविधि अगाडी बढाउदै


पैरवी खबर

साफेबगर – नेकपा एमाले वडा कमिटी मस्टामाण्डौको पाँचौ बिस्तारित बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष राजेन्द्र कोलिको अध्यक्षतामा भएको बिस्तारित बैठकमा जातीय मुक्ति समाजका केन्द्रिय सदस्य जंग बिक प्रमुख अतिथि रहनुभएको थियो ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरी कुवर बिशिस्ट अतिथि रहनुभएको बैठकमा जिल्ला कमिटी सदस्य हिरिण्ड कुवर , झन्कर कुवर, साफेबगर नगर कमिटी अध्यक्ष ललित कुवर, पुर्ब जिल्ला कमिटी सदस्य लाल बहादुर रावत , अनेरास्ववियु अछाम जिल्ला सचिव भिम बडाहित अतिथि रहनुभएको थियो ।
अनेरास्ववियु अछामको भर्खरै सम्पन्न अधिबेशन बाट नव निर्वाचित जिल्ला सदस्य ज्युहरुलाइ बधाई तथा सम्मान गरिएको छ । यही फागुन २८ गते सम्म मस्टामाण्डौका ७ ओटै टोल कमिटीका भेला सम्पन्न गर्ने , वडा कमिटी अध्यक्ष इन्चार्ज रहने गरि १५ सदस्यीय सूचना ब्यूरो समिति गठन गर्ने लगाएतका निर्णय गरिएका छन ।
वडा कमिटी सदस्य बिनोद कुवरले स्वागत मन्तव्य राख्नुभएको बैठकको संचालन उप सचिव भगवती कुवरले गर्नुभएको थियो ।