नेकपा एमाले बुढाकोटको प्रथम भेला तथा बिस्तारीत बैठक सम्पन्न


पैरवी खबर

नेकपा एमाले वडा कमिटी बुढाकोटको प्रथम भेला तथा बिस्तारित बैठक सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य तथा प्रदेश माननीय गोबिन्द बहादुर कुवर रहनु भएको थियो ।
भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य दिपक कुवर , रामप्यारी कुवर बिशिस्ट अतिथि रहनु भएको थियो । नगर कमिटी सचिवालय सदस्य अर्जुन कुवर , पूर्ब जिल्ला प्रतिनिधि सदस्य एवं वडा अध्यक्ष धुर्ब थापा , नगर कमिटी सदस्य भगत कुवर , लम्बोधर प्रसाद भट्ट , पूर्ण थापा , मोहन बिक , नेकपा एमाले पूर्ब नगर कमिटी सदस्य सन्तोष सुवेदी , बुढाकोट माबिका प्र.अ चक्र कुवर, नेकपा एमाले देवीस्थान पूर्ब वडा कमिटी अध्यक्ष राम बहादुर बोहरा , पुर्ब क्षेत्रीय सदस्य झन्कर परियार ,शिक्षक संगठन नगर सदस्य कृष्ण साउद, वडा कमिटी अध्यक्ष राधा ज्ञावलि, सङगठित खप्तड पर्यटन बोर्डका अधिकृत प्रेम कुवर लगायत अतिथि रहनुभएको थियो ।
सर्जन परियारले स्वागत मन्तव्य राख्नु भएको भेलाको संचालन नर बहादुर कुवरले गर्नु भएको थियो ।