साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा बाल क्लब गठन गरीएको छ। वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजना लगू भएको उक्त वडामा विजय महताको अध्यक्षतमा बाल क्लब पूर्नगठन गरीएको हो।
बाल क्लबको उपाध्यक्ष भावना खड्का, सचिव साजन खड्का, सहसचिव विवेक भुल र कोषाध्यक्ष अनिता खड्कालाई चयन गरीएको जनाईएको छ। यस्तै वडा स्तरिय बाल क्लबको सदस्यमा अन्य २२ जनालाई चयन गरीएको छ। को समन्वयात्मक बैठक सम्पन्न भएको छ। वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर बाल क्लबको गठन गरीएको हो।
बाल क्लब गठन कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष लाल बहादुर खड्का, वडा सदस्यहरु वडा सचिव तर्कराज जोशी, वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाका सशक्तिकरण सहजकर्ता अप्सरा बुढा महता लगाएतको उस्थिति रहेको थियो।