एकीकृत समाजवादी आफ्ना गतिविधि अगाडी बढाउदै


पैरवी खबर

साफेबगर :नेकपा( एकीकृत समाजवादी) ले पार्टीका गतिविधिलाई अघि बढाएको छ । दसै वटै पालिका र जिल्लाका अधिकाङ्स वडामा वडा कमिटी गठन गरेको समाजवादीले अहिले टोल कमिटी गठनमा कार्यक्रम केन्द्रित गरेको छ । नेकपा( एकीकृत समाजवादी) चौरपाटी गाउँ संगठन कमिटीले अहिले टोल कमिटी गठन गर्दै आएको छ । आज चौरपाटी गाउँ संगठन कमिटी वडा नं ४ पायलमा टोल कमिटी गठन गरेको छ । पित्रेना, मदने, रोलखोला पनिखोलामा टोल कमिटि गठन गरेको छ। उक्त टोलमा ३१ सदस्यीय टोल कमिटी गठन गरेको वडा संगठन कमिटीका उपाध्यक्ष ईन्द्र कुँवरले जानकारी दिनुभयो । टोल गठन कमिटी कार्यक्रममा बोल्दै जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराईले अहिले समाजवादी पार्टीमा युवाको आकर्षण बढेको बताउनुभयो । उहाँले केपि शर्मा ओलिको गलत कदमका विरुद्ध समाजवादी पार्टीमा जनलहर बढ्दै गएको धारणा व्यक्त गर्नुभयो । टोल कमिटी गठन कार्यक्रममा नेकपा( एकीकृत समाजवादी) का जिल्ला कमिटी सचिवालय सदस्य राजेन्द्र कुँवर, हर्क लुहार,चौरपाटी गाउँ संगठन कमिटी सचिब सुरत कुँवर लगायतको सहभागिता रहेको थियो।