कलाकार जयनन्द लामाको निधन


पैरवी खबर

काठमाडौँ । कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान २ बजे निधन भएको हाँस्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।

उनले ‘कलकत्ते काइँयो’ लगायतका चर्चित गीतहरू गाएका थिए । यस्तै पछिल्लो समय उनी चलचित्र अभिनयमा पनि व्यस्त थिए ।

उनले छक्का पन्जा चलिचत्रका केही सिरिजहरूमा अभिनय गरेका थिए । उनी नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध थिए ।