उद्यमशिलता तथा बास निगालो सामाग्री उत्पादन तालिम बुढाकोटमा उदघाटन


पैरवी खबर

साफेबगर :उद्यमशिलता तथा बास निगालो सामाग्री उत्पादन तालिम उदघाटन गरिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजना तथा साफेबगर नगरपालिका ९ न.वडा बुढाकोटको सहकार्यमा तालिमको उदघाटन गरिएको हो।
बेरोजगार युवा ,लक्षित बर्गलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यका साथ संचालन गरिएको दुई महिने बास निगालो सामग्री उत्पादन तालिममा २५ जनाको सहभागीता रहेको छ ।

घरेलु तथा साना उद्योग अछामका प्रकाश उपाध्यायको अध्यक्षतामा भएको उदघाटन कार्यक्रम प्रमुख अतिथि वडा अध्यक्ष धुर्ब बहादुर थापा रहनु भएको थियो ।
कार्यक्रममा वडा सदस्य दिपक कुवर, विद्यालय प्रतिनिधि शंकर बहादुर कुवर, वडा सचिव पूर्णराज उपाध्याय, स्वास्थ्य चौकी प्रतिनिधि तुल बुढा ,साफेबगर नगर अपांग अध्यक्ष सर्जन परियार ,नगर दलित संजाल सचिव नृप ताम्राकार , पत्रकार रमेश परियार, स्वास्थ्य स्वयंसेविका धौली मिजार , पाेषण स्वयंसेवक चेतन गन्धर्व , स्वास्थ्य बिमा दर्ता सहयोगी लक्ष्मण थापा, समाजसेवी मोहन कुवर अतिथि रहनुभएको थियो ।