अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा न. १३ बाब्लामा वाक नेपालद्वारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण कार्यक्रम को आयोजनामा बाल क्लब गठन भएको छ । जसमा अध्यक्ष पृथ्वी बटाला, उपाध्यक्ष ईश्वर साउद, सचिब बिमला बाब्ली, सहसचिबमा तुलसी बिष्ट लगायत २५ सदस्यीय बाल क्लब गठन भएको छ ।
वडा अध्यक्ष सागर सिंह बाब्ली को अध्यक्षता तथा साँफेबगर नगर कार्यपालिका सदस्य सावित्री देवि कुँवरको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सामाजिक रुपान्तरणका लागि महिला सशक्तीकरण परियोजना सहजकर्ता पार्बती पुनमगर ले गर्नुभएको थियो ।