प्रथम जिल्ला स्तरीय गोजुरियो कराते प्रतियोगिता बयलपाटामा सम्पन्न


पैरवी खबर

मदन स्मृति क्लबको आयोजना र साँफेबगर नगरपालिकाको सहयोगमा प्रथम जिल्ला स्तरीय गोजुरियो कराते प्रतियोगिता बयलपाटामा सम्पन्न भएको छ ।मदन स्मृति क्लबका अध्यक्ष लोचन स्वांरको अध्यक्षतामा भएको प्रतियोगिताका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर रहनुभएको थियो । प्रतियोगिताको उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले साँफेबगर नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरमा आयोजना हुने सबै खैललाई समान महत्व दिएको धारणा व्यक्त गर्नुभयो । खेलाडी राष्ट्रका गहना भएकाले अनुशासित भएर खेल्नु पर्नेमा सुझाव दिनुभयो । प्रतियोगिता प्रजातन्त्र दिवसको अवसरमा मदन मोहन स्वारको सम्झनामा आयोजना गरिएको थियो। प्रतियोगितामा साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्मा, नेकपा एमालेका जिल्ला कमिटी सदस्य केशर मिया, नेपाली कांग्रेशका पुर्व महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, नेकपा माओवादी केन्द्रका प्रदेस कमिटी सदस्य मनोज रावल, एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य शिलोज कुँवर लगायतको सहभागिता रहेको थियो । क्लवका सदस्य शंकर विष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव प्रकाश ताम्राकारले गर्नुभएको थियो।