अछाम:अछाममा अटो चालकले कानुन बिपरित अटो रेक्सा चलाउन पाउनुपर्ने भन्दै सडक अबरुद्ध गरेका छन् ।बिहिबार साफेबगरबाट १३ र मंगलसेबाट ४ अटो रिक्सा नियन्त्रणमा लिईएको बिरोधमा उनिहरुले शुक्रबार साझँ बुढीगंगा पक्की पुल नजिक साफे मार्तडी, साफे मंगलसेन सडक अबरुद्ध पारेका हुन् ।
शुक्रबार साझँ १२ जना जति अटो चालकहरूले सडकमा टायर बाल्दै, ढुंगा मुढा तेर्साएर सडक अबरुद्ध पारेका थिए । अबरुद्ध पारेको सडकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलिले बल प्रयोग गर्दै सुचारु समेत गरिसकेको जिल्ला प्रहरी कार्यलय अछामका प्रहरी प्रमुख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए । नियन्त्रणमा लिईएका अटो चालकले सडक अबरुद्ध पार्दा केही समय सवारी आवागमनमा रोकिएको थियो ।
अटो रिक्साहरुले सबारी साधनको दर्ता, बाटो इजाजत पत्र र चालक अनुमतिपत्र लगायत कुनै कागज पत्र नभएको , गैरकानुनी रुपमा चलाइएकोले बिहिबार साफेबगरबाट १३ र मंगलसेबाट ४ अटो रिक्सा गरि १७ अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अछाम सञ्चालन भईरहेका अटो रिक्साहरु कानुन बिपरित सञ्चालन भईरहेका,तिब्र गतिमा चलाउने ,मनपरि भाडा असुल्ने लगायतका जन गुनासो बढ्दै गएपछि जिल्ला प्रहरी कार्यलय अछामले सक्रियता देखाएको छ।