मस्टामाण्डौको मात्री जयाकोटमा नेकपा एमालेको टोल कमिटी गठन


पैरवी खबर

साफेबगर :नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटी मस्टामाण्डौले टोल कमिटी गठन गर्ने कार्यलाई तीव्रता दिएको छ । साफेबगर नगरपालिका ४ मस्टामाण्डौको मात्री जयाकोटमा टोपराज बुढाको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

जस्मा उपाध्यक्ष चन्द्रा कुमाल , सचिव तेज बुढा , लगाएत अन्य सदस्य रहेका छन ।
वडा कमिटी अध्यक्ष राजेन्द्र कोलिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरी कुवर र बिशिस्ट अतिथि जि क स हिरिण्ड कुवर रहनुभएको थियो ।

जिल्ला कमिटी सदस्य झङ्कर कुवर , किसान महासङघका नैन सिंह कुवर ,पुर्ब क्षेत्रीय कमिटी सदस्य पुर्ण बुढा , नगर कमिटी सदस्य बिनोद भुल , पुर्ब गाउँ कमिटी सचिव प्रताब बुढा अतिथि रहनुभएको थियो ।

कार्यक्रममा पार्टीले गरेका कार्यक्रमको बिगत र आगामी दिनको समिक्षा गरिएको छ ।
जिल्ला कमिटी सदस्य जानकी लुहारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन उप सचिव भगवती कुवरले गर्नुभएको थियो ।