साफेबगर :नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटी मस्टामाण्डौले टोल कमिटी गठन गर्ने कार्यलाई तीव्रता दिएको छ । साफेबगर नगरपालिका ४ मस्टामाण्डौको मुवासैनमा शिवराज कुवरको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
जस्मा उपाध्यक्ष समुन्द्रा लुहार , सचिव वेदना कुवर , उप सचिव अनिल कुवर लगाएत अन्य सदस्य रहेका छन ।
वडा कमिटी अध्यक्ष राजेन्द्र कोलिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरी कुवर र बिशिस्ट अतिथि जि क स हिरिण्ड कुवर रहनुभएको थियो ।
जिल्ला कमिटी सदस्य झङ्कर कुवर , सुरत भुल , शिक्षक संगठन साफेबगरका काेषाध्यक्ष चक्र कुवर अतिथि रहनुभएको थियो ।
कार्यक्रममा पार्टीले गरेका कार्यक्रमको बिगत र आगामी दिनको समिक्षा गरिएको छ ।
वडा कमिटी सदस्य बिनोद कुवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन उप सचिव भगवती कुवरले गर्नुभएको थियो ।